रहेछ विकसित देशका
नागरिकलाई
आफ्नै देशमा बस्ने

भागभोग
बनाएको छ
पुरै परिवार शोकाकुल
जब कल्कलाउँदो उमेरदेखि
पाएका छैन युवाहरूले
आमा बाबुको
प्रेममय साथ
छन् वञ्चित
संस्कार सिकाउने
गुरुजीहरूबाट
नभएर सकारात्मक सोच
र दरिलो
खम्बा सरी
अभिभावकको पकड
हुँदैन तयार
भिडनलाई
परदेशको
महाभारत युद्धलाई
गाह्रो छ परदेशमा
निष्कपट सारथि
प्राप्त गर्नुलाई
दिएर व्यावहारिक तालिमहरू
लम्काउनुपूर्व
पाइलाहरू

परदेशमा
हुने छैनन् आखेट
वितृष्णाको
कालो बादलले
कलिला ज्वलन्त
आत्माहरू
जब प्राप्त
हुनेछ
सीपमूलक
समयानुकूल
शिक्षा दिने
पाठशालाहरू
स्वदेशमै
तत्पश्चात्
सक्ने छैन
निमोठनामोठ पार्न
बिछोड र वियोगको तरवारले
कलिला आत्माको
घाँटीमा
अनि गुमाउनु पर्दैन
अकालमा ज्यान
परदेशमा
जब हुन्छ मानसिक
रोगसम्बन्धी चेतना
हरेक युवाहरूको
मस्तिष्कमा
जीवनको अति अल्पक्षणमा
हुन्छन् वितृष्णाको
आहार
सबै युवाहरू
प्राणवान्
पलामा
तर त्यो आहारलाई
वर्तमानको
महाशक्तिले
निल्नु पर्नेछ
अवसर रुपी खुराकमा
सकिन्छ रोक्न
अवयवको प्रवेशद्वारमै
जब जगाउँछौ साक्षी भाव
भित्री सासमा
जानु पर्ने छैन
कहिल्यै हाम्रा सन्तानहरू
परदेशको बसोबासमा
किनकि जन्मभूमि
स्वर्गभन्दा
स्नेहिलो हुँदोरहेछ ।

 

बर्तुङ्, पाल्पा (हालः युके)