मेरो अन्तिम यात्रामा
नछोपिदिनु मेरो चेहरा
रङहरू पोतिदिएर अनुहारमा
नढाकी दिनु मेरो शरीर
रेशमी पछ्यौरीले
म जान चाहन्छु आएकै स्वरूपमा
निर्दोष फूलको बलि चढाएर
नजलाउनु ती सुन्दर आत्माहरू
जीवन खोसिएको मेरो शरीरमा
चढाइदिनु केवल दुई थोपा आँशु
मेरो सम्झनामा र राखिदिनु
मलाई तिम्रो यादको सन्दुकमा
धडकनमा महसुस गरिदेऊ
म बाँचिरहन चाहन्छु
तिम्रो हर स्वासमा
नगर्नु अप्राकृतिक सुगन्धको प्रबन्ध
आकाशमा प्रदूषण फैलाएर
सम्झनाको वासना, बाँचोस् विश्वासमा
जसरी आएथेँ, यो धरामा
मन र शरीर रित्तो लिएर
लोभ, मोह, माया सबै सिकेँ
यहीँ रत्तिएर
जान सकौँ
बस्, सबै सबै यहीँ छोडेर।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला