मानेँ कि सजिलो छैन
जीवन जिउनको लागि
तर पनि मृत्युलाई अङ्गाल्नु
ठूलो कुरा होइन जीवनको लागि
सानो-तिनो कुरा भै नै राख्छ
जीवनको परीक्षणको लागि
तँ-तँ र म-म भई नै हाल्छ
सबै सम्बन्ध जोगाउनको लागि
तनावको यो माहोल
हुन्छ नै सोच्नको लागि
सुन पनि त तैयार रहन्छ
आगोमा घोट्टिएर चम्किनको लागि
जीवन खुला किताब हो
समय दिउँ पढ्नको लागि
आत्महत्या सजिलो छ
यो जीवन मेटाउनको लागि
मानिस ती नै हुन् जो लड्छन्
हरेक पल जीवन उठ्नको लागि।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला