उनैले कैद गरेकाे यिनै दृष्य
र त
उनैलाई नियाल्दैछु
मनोरम यी नै डाँडाहरूबाट
खरीमा चिप्लिँदै मारेको डुबुल्कीलाई
सम्झिँदै
हो, डोल्मा हो
र त आज पल्टाउँदैछु
विगतका तस्बिरहरू
अनि फेर्दैछु
मुटुकाे धड्कनसँगै एक मुठ्ठी श्वास
त्यही दिनकाे यादहरूसँगै
वेदनाले टिलपिलाएका आँशु पुच्दै
कालिन्चोक माईलाई साक्षी राख्दै
हामीले शुरू गरेकाे अमर मायाकाे जग
यिनै डाँडामा विलिन हुँदै, चिहानकाे
सम्झना मात्र नरहाेस् डोल्मा
हो, डोल्मा हो
अझै रेन्जेन दोर्जे म्हेमेको दरबार
तेमाल घुम्नु छ
लिनु छ म्हेमेको आशीर्वाद
कोर्नु छ
राज्यले मेटाएको हाम्रो इतिहास
अनि पढाउनु छ
हाम्रो बच्चालाई पू्र्खाको इतिहास
र सिकाउनु छ
डम्फुको लयमा नाच्न अनि गाउन
हो, डोल्मा हो
त्यसैले त हाम्रो माया
अमर छ
र, विश्राम कहिल्यै लिने छैन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला