तिमी मेरो जून हौ जीवनको
तिमी मेरो सगुन हौ जीवनको

पीडाबिच आशँको साथ छुटे पनि
तिमी मेरो नुन हौ जीवनको

पाएँ केही, कति गुमाए होला
तिमी मेरो गुन हौ जीवनको

कर्कश कतै, कतै सुगम सङ्गीत
तिमी मेरो धुन हौ जीवनको

मरुभूमि कतै, कतै हरियाली भो
तिमी मेरो दुन हौ जीवनको ।

बस्टन