उदायौ अति चम्किलो देह लिई, धर्ती उज्यालो भयो ।
अस्तायौ तिमी नवीन देह लिन, युग नै अँध्यारो भयो ।।
कृति अम्मर छ्न् ती तिम्रा सृजना, सारै ओजिला पनि ।
पार्थिव शरीर बिलाए पनि तिम्रो त्यो, कतै बिलाउन्नौ तिमी ।।

जन्मिन्छ्न हजार दिनमा, त्यसतै बिलाउँछ्न् पनि ।
रहन्छन् अजर अम्मर मनमा, जो छन् महानै उनी ।।
त्यस्तै महान् काव्यरथि तिमी, धेरै उज्याला थियौ ।
गौरी, मालती मंगले र नव मञ्जरी, कृति उपहारै दियौ ।।

थुप्रै अन्य कृतिका मालिक पनि बन्यौ, हे राष्ट्रकवि तिमी ।
सम्झिनेछौ स्वच्छन्दवादी कवि रुपमा यो धर्ती छउन्जेल तिमी ।।
गर्छु पुकार बैकुण्ठ बासको, विष्णु समीपै महाँ ।
आत्मा सदैव चिरशान्त रहिरहोस्, यही गरेँ मैले कामना ।।

अमरगढी २, डडेल्धुरा