
एउटा
अलिशान महल जो पुरै खाली छ
एउटा झोपडी
जसमा छैन मान्छेको कमी, छन् खचाखच
अलिशान महल
छैन पेट टार्ने समस्या, छैन बेरोजगारी
न त छ अशिक्षै तर छन् बाहिर, छैन माया बस्न चाहन्न गाउँ
अर्को झोपडी
जहाँ छ पेट टार्ने समस्या, बेरोजगारी
अशिक्षा तर छ भित्र, छ माया गाउँको, जान चाहन्न बाहिर
अलिशान महल
जहाँ आउँछन् माईजन, मुखिया ठुलठुला नेता
हुन्छ खुब गुणगान
अर्को झोपडी
जहाँ न त आउँछन् माईजन, न त कुनै मुखिया
न त कुनै ठुलठुला नेतै
आउँछन त आउँछन केवल ऋणका भाडी, साहुजी महाजन
आजकल झोपडी चुहिन थालेको छ
झोपडी पानी पानी भएको छ
अनि झोपडीभित्र छ एउटा रेडियो
रेडियोले भन्छ, “बड मुस्किल स भेटलौवा गणतन्त्र रौ, दादा पू्र्खा सब छलौ परतन्त्र रौ ।”
अनि झोपडी भित्रका “घुठर” र “मन्नु” सोध्छन्‑
“दादी दादी ई कि कहै छै ?”
दादी भन्छिन्, “दुत छोर ई सब जो खेत मे ।”
जनकपुरधाम



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
