केही मान्छेहरुले
आँखा राताे देखे
जाँड खान्छ भने
केही मान्छेहरुले
ओठ कालाे देखे
चुरोट तान्छ भने
तर म जाँडरक्सी खान्न
खानेलाई नखान भन्छु
चुरोट तान्नेहरूलाई पनि
राेग लाग्छ
नतान्नु है भन्छु
गुरुङ दाइले
गुरुङजस्तै देखे
भाइ गुरुङ हाे ? साेधे
मगर्नी दिदीले
मगरजस्तै देखिन्
मगर माले र ? भनिन्
थारू डाडुले पनि
थारूजस्तै देखे
थारू भाषामै कुरा गरे
का बा भैयु हालचाल ?
कुमालहरूले
कुमाल नै भने
जिउ जिउ गरे
मैले पनि जिउ हजुर भनेँ
केहीबेर अघि
आफ्नो अनुहार ऐनामा हेरेँ
एउटै अनुहार
कसरी गुरुङजस्तो देखिन्छ ?
कसरी मगरजस्ताे देखिन्छ ?
कसरी थारूजस्तो देखिन्छ ?
कसरी कुमालजस्ताे देखिन्छ ?
फेरि साेचेँ
नेपालीको अनुहार यस्तै त देखिन्छ हाेला !
लमही नगरपालिका -४ सेमरहवा
दाङ देउखुरी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 





