रहेछ विधिवत्
यो कालो रुधिर बोकेको
सती प्रथा
थियो हजारौं सत्वत्सरसम्म
यथावत्
कति बाला मरे
जननीहरू मरे
दिदीबहिनी मरे
जिउँदै तेजपुञ्जको रापमा
सेकुवा सरी
ती काँतर छोराहरू
पुरुष नातागोताहरू
जसले लगाएर मौनताको साँचो
मुटुमा
ओरालो लागेको
हरिणजस्तै
निर्लज्ज मूकदर्शक
बन्दै
दृष्टिविहीन मारक जसरी
गरेर मनोरञ्जन दृष्टान्त
जसरी
रक्ताम्य भिडन्त
खेल थियो
ग्लाडिएटर
जसमा हु हा हा
गरेर दृश्यपटल गर्दै
भरिएको हुन्थ्यो
रोमन रंगशाला
जहाँ प्रत्येक भिडन्त
मृत्युदण्ड सरी हुन्थ्यो
तर सकेनन् दृष्टिगोचर
गर्न अंग्रेजहरुले
यो दर्दनाक वध
त्यो कालखण्डमा
रहेछ यो ग्लाडिएटर भन्दा पनि
क्रुर अपकार भार्याको
अझै ती सतीदेवी
नामका मन्दिरहरू छन्
जहाँ भ्रम फैलाउने गरिन्छ
आफ्नो पोइका लागि
यमद्वार गएकी भनेर
यो सत्याभास
तँ रहेछ
रचना गरेका समाजले
आफ्नो नामर्दपना
लुकाउन इतिहासका
प्रालेखहरुमा
रुष्ट थिएँ
सिकन्दर महान् पनि
यो प्रथाविरुद्ध
जब आएका थिए
भारतमा
विश्वविजय
युद्धमा
सुताएको थियो
चिरनिद्रामा
काल ज्वरोले
अफगानिस्तानको
हिमश्रृङ्खला माझ
यदि ती लोग्नेलाई
धर्मपत्नीको देहान्त उपरान्त
आगोमा जलेर
मृत्युवरण गर्नैपर्ने
प्रथा हुन्थ्यो भने
प्रश्न गर्नुहोस् आफैँले
ती
मुटुमा ढुङ्गा भएका
लोग्नेहरू
कदापि गर्दैन थिए होला
अग्निमा मृत्युवरण
बरु भागेर
हुने थिए होला रवाना
काशीतिर
तसर्थ नगरौँ प्रोत्साहित
ती तुजुक पुरुषलाई
जसले सतीको वेदनालाई
गरेनन् करुणा
कोही विधवालाई
होमिएका थिएनन्
आफूखुसी आगोमा
बाध्यात्मक बनाएका थिए
ती बाल विधवालाई
पुरुष पूजक समाजले
राज्यले
नजिरले
गरेर समर्थन
यो जघन्य अपराधलाई
त्यसैले सरापेका छन्
ती लाखौं सतीहरूका
आत्माले
जुन प्रथा
रहेछ संसारकै
कुनै धर्ममा
नभएको दर्दनाक
मृत्युदण्ड
लाग्छ दुखेसो
स्मरण गर्दा पनि
काम्छ मुटु त्यो चित्कारले
जब गर्दछ कल्पना मस्तिष्कले
चरम कष्टपूर्ण अवयवलाई
लाग्छ भन्न आफैँलाई लाज आज
थियौं कसरी हामी शान्तिप्रिय भनेर
जुन देश्मा लाखौँ विधवालाई
हुनु परेको थियो
जीवितै मृत्युवरण
बिना कुनै कसुर
बिना कुनै कुकर्म
चाहन्छु गर्न म क्षमाप्रार्थना
हाम्रो वीर सति नारीप्रति
रहेछ त्यो कायरता
होइन रहेछ वीरता
हार्दिक श्रदा सुमन ती
महान् नारीहरूप्रति
गरेर सत् कर्म सदैब
सेवा दिन दुःखीको सदैव
रहेछ यो नै असल पथ
सतीदेवीको श्राप
बाट छुटकारा हुने
अनेकन् उपाय
गरेर मानवता
रुपी कर्म आजै
पाउने छन् सन्ततिले
सतीको आशीष सदैव ।

बर्तुङ्, पाल्पा
(हालः युके)