मन ? एक मन
हजार मनको मन बुजाएर
आफ्नो मन आफैँमा सम्झाउनुपर्छ

एउटा हैन सबै विषय
उत्तिकै पढाउनुपर्छ
ऊ बा आमाको घरको
सबैभन्दा प्यारो भएर
आको छ
खुसी खुसी फकाउनु छ

आर यु ओके ?
तिमी सन्चै छौ ?
भन्दै पिरियडपिच्छे सम्झाउनुपर्छ

साना साना
नानीबाबु काखमा आमा बनी समाउनु पर्छ
आफ्नै सन्तान सोच
प्याराप्यारी फकाउनु पर्छ

अति कहिलेकाहीँ
टाउकै टेक्छन्
उनीहरूलाई धर्ती चिनाउनुपर्छ

कविताको कथाको भावमा
उनीहरू आकाशमा उड्न सक्छन
चङ्गाजस्तै रस्सीले डुलाउनुपर्छ

सर पनि कति मुर्ख है ?
केके पढाउनुपर्छ
सामाजिक शारीरिक अभ्यास गर्दै
गणित बुझाउनुपर्छ

हिँडाइको चाल साथीको दौँतरी
चौरको खेल
चिहाउनुपर्छ
गर्छन् कि गल्ती कतै
समाएर बुझाउनु पर्छ

आर यु ओके ?
आर यु फाइन ?
भन्दै सम्झाउनु पर्छ

ओई मास्टर साप !
पढेन छोरोले
अभिभावकले भन्न सक्छन्
चुनौती सम्झिदै बाबुनानुलाई
सम्झाउनु पर्छ

उनीहरू उड्न चाहन्छन्
पखेटा मिलाइदिनुपर्छ
दौडन चाहन्छन् धावक कोरिदिनुपर्छ
उनीहरू हिँड्न चाहन्छन् उठ्न सिकाउनुपर्छ

सबै बताउनु पर्छ
अब एक मास्टर घर पुग्छ
आफ्नै सन्तानलाई सम्झाउनु पर्छ
आर यु ओके ?

ए शिक्षक
कुर्नुपर्छ
झोली अझै
भान्साको खुराक पसलमा
आर यु ओ के ?