काठमाण्डु

गरिबसित नजिस्क
ट्याक्सकाे टायरमुनि थिचेर
यस्तो हानिकारक
काम नगर

याे ठण्डीमा
तुसाराेले छाेपेर
गरिबबाट कर नबटुल
झाेपडीहरूकाे पसिना खिँचेर
नाफाखाेरहरूलाई नबाँड

काठमाडौं
भ्रष्टाचारीको दैलो उघार
चुनी चुनी निकाल
त्यस्ता चाेरहरूलाई
दुम्सीसँगै थुनामा राख

गरिबलाई न्याय
सीप र राेजगारमा जाेड
उत्पादनमा जाेड
परिश्रम गरेर खान छाेड
जाे जाे काठमाडौं बसेर
महल ठड्याइरहेछन्
तिनलाई छानी छानी जेलमा काेच

तर काठमाण्डु
गरिबसित नजिस्क
उस्काे न मूल्य छ
न मान्यता नै छ
महङ्गा टायरकाे
ट्याक्सले कुल्चेर
दिनहुँ साेत्तर नपार
तिमीले यस्तो खराब प्रहार नगर

काठमान्डु तिम्रो शरीरभित्र
अनेक कथाहरू छन्
तिम्रा अंगहरूले हरेक
आयामकाे लुकाछिपी देखिरहेछन्
किनभने एक सुनाैलाे इतिहास रच्न
गरिबहरूले निस्फिक्री
अल्झाई बिना मिहिनेत गर्न पाउन
त्यही नपाउँदा तिम्रो ठट्टाले
भाेका पेटकाे खिल्ली उड्ने छ

रित्तो बनाउने
गरिबकाे पसिना लुट्नेविरुद्ध
तिम्रो एक स्वर निकाल
हामी त्यसको प्रतिनिधि बन्छौँ

हायात यति फाइभ स्टार
बिएण्ड बि किष्ट केएमसी
एल ए प्रसादी जाेसेफ
प्रसस्तै खुलेका प्राइभेट कलेज
यिनलाई फर्काऊ
गरिबकाे शिक्षालयतिर
गरिबकाे गाँस बास जस्तै सहुलियत

बारम्बार तीबाट थिचिन
किन गरिबलाई
चाेइट्याइरहन्छाै
सक्छौ भने ती लुटाहाका बादशाहरू खाेज
र चाेक्टा चाेक्टा पारेर
गरिब भुस्याहा कुकुरको आहारा बनाएर बाँड ।