सोचेजस्तो कहाँ चल्दोरहेछ र?
समयको गतिमा जीवन
सहजतामा चुम्बक जस्तो
नजिकिने सम्बन्धहरू
टाढिनेरहेछन् अभाव र संघर्षको बखत

पुग्नुपर्ने दुरी टाढा
भए पनि
आफ्नै छायाँसँग
अघि बढ्दै छु
गन्तव्यका पाइला
जहाँ पुगे पनि
हराइरहेको गन्तव्य
भेट्न नसकेको बाटो
सम्झनामा आइरहेका
कल्पनाको भुमरीमा
हराइरहेछु

आफ्नै कल्पनाको
ज्वालामुखीमा
अत्तालिएर
सपनाले आकास
छोइरहँदा
क्षणिक सान्त्वना
दिने मान्छे भेटिए पनि
आफैँलाई जिस्काएजस्तो
लाग्दोरहेछ

दोबाटोमा निस्कदै गर्दा
भेटिएका मान्छेहरू
देख्दै गर्दा पनि
मन अतालिन्छ
सबै मिली गिज्जाएजस्तो
गरी यो मन
झसङ्ग झस्किन्छ !

समयसँगै कल्पनामा
बितेका दिन पनि
सपना लाग्दा रहेछन् !