विविध जात विविध धर्म विविध भेषमा
रमाइला चाड, विविध थरी यो हाम्रो देशमा
माघे सङ्क्रान्ति विशेष चाड नेपालीहरूको
मिठा परिकार, निकै स्वादिला स्वदेशी मनको
माघे सङ्क्रान्ति माघको पहिलो दिनमा मनाउने
जाडो सकिई गर्मीको साथमा भास्कर उदाउने
पाठपूजा गर्ने स्नान गर्ने, नदीको किनारमा
आफन्तहरू आउँदा खुसी छाउँछ मुहारमा
चाकु र घिउ तिलको लड्डु, तरुल खाऊँ रमेर
मिली र जुली भजन गरौँ नाचगानमा जमेर
तिलको लड्डु, तरुल चढाउँ, प्रसाद बाँडी खाऊँ
साथीभाइ मिली रमाइलो गर्न मेला र हाट जाऊँ
सहयोग गर्छन्, दीनदुःखीलाई, पैसा दान गरेर
मनोरञ्जन र पाठ पूजा गर्छन् सबैले मिलेर
इष्टमित्र र आफन्तसँग रमाऔँ बसेर
रमाइला मिठा गफका साथमा मुस्कान भरेर
बचाऊँ मिली यो पर्वलाई नफैलाऊँ विकृति
लोप हुनबाट बचाऊँ अब यो हाम्रो संस्कृति ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
संविद ढकाल
चैत्र ३, शुक्रबार ११:५०