पहिले-
राजा खराब थिए,
नारा लगाएँ
पछि-
संसद्वादी थप खराब बने,
बन्दुक बोकें
झन् पछि-
कम्युनिष्ट त सड्न पो थाले
चर्को आलोचना गरें
अचेल मलाई-
राजा, संसद्वादी या कम्युनिष्ट मात्र बन्ने
जनता नै खराब लाग्छ
अब-
आफ्नै विरोधमा नारा लगाऊँ ?
बन्दुक बोकौं ?
आलोचना गरौं ?
कि सुध्रिऊँ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला