जिन्दगीभन्दा गरुँगो भारी
मैले टेकुवामा बिसाएर
पारिपट्टिको सिमलको ठूलो रुखतिर हेरेँ
सिमल बिस्तारै बूढो हुँदै गइरहेको छ
पात झरेर आफूलाई नङ्ग्याइरहेको छ
तै’पनि उनका हाँगाबिँगामा बसेर थिबिमाले
तल… मुनितिरको हुँङ्गा नदी हेरेर
ऊ वियोगी बनिरहन्छ, तिबिउ तिबिउ
हुङ्गा, अनि दुधकोशी एकोहोरो चुपचाप बगिरहन्छ
उ
त्यो सिमलको फेदमुनि अपरिचित ढाक्रेले
तोक्मालाई शिरानी हालेर सुतिरहेको छ
खासमा उनी निदाएका छन् कि छैनन् ?
उम्,
साँच्चै उनी निदाएका छन् भने
उनले कस्तो सपना देखिराछन् ?
निदाएका छैनन् भने, उनले के सोचिरहेछन् ?
लोखिम, सोलुखुम्बु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला