अचेल तिमीभित्रै हराएको छु
खै कता बिराएको छु ?
न त आफूलाई चिन्छु
न त आफूलाई भेट्छु
म तिमीभित्रै निदाएको छु
अचेल तिमीभित्रै हराएको छु
खै कता बिराएको छु ?
म त कपटी तिमी सोझो
कपट मेटाउनमै खपाएको छु
म त तिमी भित्रै हराएको छु
खै कता बिराएको छु ?
हेरिरहन्छु तिम्रो त्यो हिँडाई
खोजिरहन्छु तिमीलाई
म त तिमीभित्रै निदाएको छु
खै कता बिराएको छु ?
म त तिमीभित्रै डुलिरहन्छु
तिमीभित्रै घुमिरहन्छु
तिमीलाई नै खोजिरहन्छु
अचेल हराएको छु
अचेल निदाएको छु
खै कता बिराएको छु ?
हराइरहन्छु फेरि सम्हालिन्छु
फेरि पनि तिमीलाई
नै नियालिरहन्छु
म त आफूलाई तिमीभित्रै डुबाएको छु
अचेल तिमीभित्रै हराएको छु
खै कता बिराएको छु ?
खोजी रहन्छु आफूलाई
भेटी रहन्छु तिमीलाई
म त तिमीभित्रै सेलाएको छु
अचेल तिमीभित्रै हराएको छु
खै कता बिराएको छु ?
भैरहवा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला