ए बिसे नगर्ची !
समय परिवर्तनशील छ
त्यसैले देशले एकता दिवस मनाइरहँदा
तिमीलाई न त टुँडिखेलले सम्झिन्छ
न त सिंहदरबारले

तिमीले गाेरखा दरबारकाे
विजय जुलुशमा नगाडा बजाइरहँदा हाेस् वा
युगीन नेपालकाे लागि तरबारमा धार लगाइरहँदा
तिम्राे सपना अनि श्रम र पसिना
देशकाे लागि पाेखेकाे अनुभूति गर्न सक्छु

समानताकाे प्रवर्द्धन गर्ने याे गणतन्त्रमा
तिम्राे विचार र आदर्शमाथि
कसरी परेड खेल्न सक्छ याे राज्यसत्ता
कसरी अवमूल्यन गर्न सक्छ तिम्राे विवेककाे
किन अङ्कुश लाग्दैछ तिम्राे महानतामा
याे लाेकतन्त्रमा कसैलाई
तिमी दलित भनेर हेप्ने अधिकार छैन

ए बिसे नगर्ची !
याे लाेकतन्त्रलाई अब
जातीय विभेद गर्न छुट छैन
तिम्राे याेगदानकाे विरासतले
नयाँ नेपाल बनेकाे हाे
त्यसैले म युगकाे संवाहक बनेर
समयकाे उतारचढावसँगै
सिंगाे देशमा तिमीलाई चिनाउने छु

केवल दलित भएका कारण
तिमी इतिहासले भुलेकाे एउटा पात्र
त्यसैले तिम्राे यस
गाेरखा दरबारकाे पटाङ्गिनीमा सीमित हुने छैन
म सारा देश ब्युँझाएर
राष्ट्र एकीकरणका नाममा
तिमीजस्तै सहश्र याेद्धाहरूलाई
युग-युगसम्म सम्झिरहनेछु ।

दाङ
हाल : काठमाडौं