पितृसत्ताकाे अहंकारले ग्रसित
हाम्राे याे समाज जर्जर बनेकाे बेला
त्रसित भएर बाँचेकाे छ जिन्दगी
किनभने यहाँ म अनुमान गर्न सक्दिनँ
जुनसुकै बेला म बलात्कृत भई मारिन सक्छु
किनभने यतिबेला राज्यसत्ता र
मेराे देशकाे कानुन
र कानुनकाे व्याख्याता हाम्राे न्यायालयले
हरेक दिन पीडकहरूकाे पक्षमा
आफ्नाे फैसला सुनाउँदै
हाम्राे आत्मसम्मानमाथि दिनहूँ बलात्कार गरेकाे छ
कुनैदिन लाग्थ्याे
राज्यसत्ता र कानुन
हामी नागरिककाे संरक्षक हाे
तर म स्वयं गलत रहेछु
किनकि त्यही कानुनका दफाहरू
बलात्कारीकाे संरक्षक बनेर उभिएका छन्
जुन दिन मैले
बालुवाटारकाे सरकारी निवासमा
मलाई बलात्कार गर्ने अपराधी
सरकार प्रमुखबाट अभिनन्दन गरिएको देखेँ
म गाैशाला-२६ अवाक् बनेँ
र लाग्याे याे समाज, देश र कानुन
महिलामैत्री हुँदै हाेइन
जब जब बलात्कारीकाे पक्षमा
अदालती फैसला आयाे
महिला अधिकारवादीहरूले
न्यायकाे जित भन्दै लेखे
त्यसैले मेराे देश न्याय मरेकाे देश हाे
विचारले कुपाेषित ए पितृसत्ता
लज्जाविहीन ए राज्यसत्ता
हाम्राे तिराेबाट पाेषित ए सरकार
न्याय मरेकाे देशकाे ए न्यायालय
तिमीलाई सबै छुट छ
त्यसैले तिमी पनि आऊ
मलाई फेरि पनि
दिनदहाडै बलात्कार गर
मेराे हत्या गर
किनकि म गाैशाला-२६ हुँ ।
हाल: पाेर्चुगल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।