पवित्र कोख साक्षात देवी कौशल्यावतीको
राष्ट्रका पिताको जन्म दिए कृपामा माथिको
संसार सारा हल्लाए हिजो गोर्खाली बनेर
अस्तित्व हाम्रो जोगाए यिन्ले नेपाली बनेर
नेपाली हामी हुन्थ्यौँ कसरी नेपालै नभए
बाइसे चौबिसेको एकीकरणै नभा’भए
पृथ्वी नारायण शाहको त्याग र बलिदान
दानवीर कर्ण बली राजा भन्दा झन् महान
प्रजा मोटा भया दरबार बलियो रहन्छ
अर्तिका कुरा उनको दिव्योपदेश कहन्छ
चार वर्ण र छत्तिस जात साझा फूलबारी
राजा र प्रजा मिलेर गरी राख्थे रखबारी
अवस्था ऐले त्यस्तो रहेन सिमाना मिचियो
देशको सट्टा नेताको ध्यान कुर्सीमा खिचियो
देशको माया कसैमा छैन भनेर देखिन्छ
शान्तिका दूत परेवा लड्दा मन् मेरो धड्किन्छ
अर्काको नासो गलाको पासो भयो गणतन्त्र
देश उभार्ने मियो संस्था नै मूल गुरूमन्त्र
यो आज मैले भनेको हैन हृदय बोलेको
लाखौँ नेपाली देश र प्रदेश नढाँटी बोलेको ।
कञ्चनपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ कार्तिक २०८२, शुक्रबार 







