मौन आकास
टुलुटुलु हेर्दछ
हारेको मान्छे ।


झरेर गयो
सम्हालेर राखेको
रातो गुलाव ।


भागबण्डा छ
जनप्रतिनिधिको
लोकतन्त्रमा ।


राता काफल
मायालुको साथमा
सालको पात ।


विशाल मन
अट्ने रहेनछ
साना मान्छेमा ।


गुरुदक्षिणा
निरन्तर सांसद
गुरुमालाई ।

 

पोखरा ७, मासबार
कास्की