ओ साहेब
प्रश्न नगर्नुस्
तँ ! यो देशको नागरिक किन होइन ?

मेरो
नाबालिगता सकिने बित्तिकै
जानु छ सात समुद्रपारि
कट्नु छ सिमाना
बगाउनु छ रगत र पसिना
सबैथोक बिर्सेर
युवा जोश देखाउनु छ लडाइँको खेल मैदानमा
त्याग गर्नुछ उतै प्राण
आशाको त्यान्द्रो बोकेर
स्वास रहेसम्म बस्नु छ परदेश

ओ साहेब,
म उतै रित्तो भएपछि
म उतै खोक्रो भएपछि
मैले कसरी भनूँ
म यो देशको नागरिक हुँ ।

सुजन राना ‘ब्लुज’