मेरो सरकार कतिन्जेल
कानमा तेल हालेर बस्छस् ?
अब म सिकाउँछु
ए ! नालायक सरकार तँलाई गोली चलाउन
कसलाई गोली हानेर ढाल्नुपर्छ
म सिकाउछु

सरकार आखिर के बिग्रेको थियो र ?
एउटा युवाले विदेश गएर आफ्नो जहान पाल्छु भन्नु ?
रोजगार त दिन सकिनस् सरकार

तर यसरी निर्मम तरिकाले
उसको सपनाहरू
लक्ष्यहरू र ऊ
स्वयंलाई गोली ठोकेर हत्या गर्नु कत्तिको जायज थियो ?

सरकार जुन युवा देशको भविष्य थियो
जुन युवा देशको खम्बा थियो
जुन युवा देशको सच्चा देशप्रेमी थियो
उसैमाथि गोली चलाइदिइस् आखिर ?

सरकार, अब गोली चलाउन म सिकाउँछु
आदेश भयो मेरो पनि सक्छस् भने
चलाइदे ! बन्दुक, ठोकिदे गोली जोरसँग
भ्रष्टाचारीको छातीमा
आमाको रगत चुस्ने नालायक कपूत
देशद्रोही नेतालाई ठोक गोली !

जसले भित्राभित्रै देशलाई देश रहन दिएको छैन
उसलाई ढिला कत्ति पनि नगरेर चलाइदे, गोली
जसले नेपाल आमाको कसम खाएर देशप्रेमी हुँ
भनेर नाटक गर्दै त्यही आमालाई
लुट्ने अपराधीलाई चलाइदे गोली

चोक चोकमा गाउँ गाउँमा गएर
चर्को झुटा भाषण गर्नेलाई
जनतालाई भेडा सम्झेर त्यही जनताबाटै
हजारौं गुणा फाइदा उठाउने ठगलाई
चलाइदे गोली

ए सरकार, यसरी चलाइदे गोली
एकछाक टार्न परदेश जान्छु भन्नेको छातीमा गोली चलाएर
आखिर देशलाई नै घाटा किन गर्छस् ?
बरु यो देशलाई सकाउनेको छातीमा गोली हानेर
देशद्रोहीलाई सकाउने हो
सरकार, मेरो यही अनुरोध छ
गोली चलाउन म सिकाउँछु ।

जुम्ला