१.
मेरो अभाव देखेर
तिमी खुसी हुन्छौ भने
म हरदम यही अवस्थामा हुने छु
मलाई तिम्रो खुसीबाहेक अर्को खुसी चाहिँदैन

२.
त्यतिबेला तिमीलाई खुसी देखेर
खुसी हुँदै फर्किएको हुँ
आजसम्म पनि म खुसी छु
म चाहन्छु मेरो खुसी सधैँभरि बाँचिरहोस्

३.
हुन त म खुसी छु
मात्र तिम्रो अगाडि खुसी देखाउन सक्दिनँ
मलाई राम्रैसँग थाहा छ
म खुसी देखिनु भनेको
तिमी खुसी नहुनु हो

४.
वर्षौं भयो
तिमीलाई खुसी देखेर
म खुसी भएको
अझैसम्म
मेरो मुस्कान तिम्रै खुसीमा बाँचेको छ ।

पोखरा