एक दिन अकस्मात
म सिद्धार्थ बनेँ-
एक दिन मर्नु नै छ भने
अहिल्यै किन नमर्ने !
मर्ने तयारी थाल्दै गर्दा
खानुको औचित्यमा प्रश्न उठ्यो
स्कुल जानु महत्त्वहीन बन्यो
साथी-सङ्गाती अर्थहीन रहे
सफलता-असफलता केही मतलब रहेन
म बुद्ध बनूँला भनेर
सारा घर-छिमेक उल्टिए र षडयन्त्र गरे
उनीहरूले मछेउ तिमीलाई पठाइदिए
पहिलो नजरको प्रेमले
यसरी बाँध्यो कि
बुद्ध त परै जाओस्
म सिद्धार्थ पनि रहिनँ ।