यो समय
छ्यासछ्यास्ती
उडुसहरू मोटाउने समय हो
रातभर बस्तिहरू टोकेर
उज्यालोमा उच्छृंखल
अश्लीलता उमार्ने मौसम हो
जस्ले ठमेल कुल्चन्छ रातभर
र आफ्नै चेलीको अङ्गको मोलतोल गर्छ
अनि एकान्तमा लुट्छ इज्जत
र मानवरुपी कुकुरहरूको हर्कत
देखिन कुनै कात्तिक चाहिँदैन

शहरमा होस् या गामतिर
जतासुकै अभाव चुलिँदैछ
महङ्ग्याइको अघि
सगरमाथाले आफैँलाई बिर्सिसकेको छ
त्यहीँ विपद् निम्त्याउन
तस्करहरू ऐशमा रमिरहेछ

विगतले कोट्याएर
आशा ढलिसकेको छ
सयमा जिरो थपेर
लाख पुर्याउन पाको छैन
ओैंठाछाप हाल्न लगाएर
खुनी स्वार्थ पूरा गर्न पाको छैन

जस्को पक्षमा सरकार गिराउँछ
या खडा गरेर तमासा देखाउन सक्छ
यस्को रमिते त हो
हामी इमानदार
निरन्तर पाखण्ड

जो छौ जे हौ
हेर्न सिपालु रहेछौ
त्योभन्दा बाहेक
बढ्ता चुसी माग्न तयार छौ
कोही केही विरोध फलाक्न नसक्ने
अलावा अरुको नक्कल गर्न छिटो जान्ने
यहाँ रहेछौं हामी मात्र ।