बम पड्कदैछ टायर बल्दैछ यो देशमा
बीच सडकमा सपूत ढल्दैछ यो देशमा
नदेख तिमी खुलेआम देश बदल्ने सपना
टेबलमुनि कारोबार चल्दैछ यो देशमा
देशप्रेमको विज्ञापन गर्नेहरूको हातबाटै
माटो बेचिन्छ र झण्डा जल्दैछ यो देशमा
महिना दिन भयो शान्ति रोपेर फर्किएको
किन आलु रोप्दा पिँडालु फल्दैछ यो देशमा
भो नउठाउनु मौन त्यो बालुवाटारलाई
बरू उठाऊ जंगे पिल्लर गल्दैछ यो देशमा ।
बुटवल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला