अरुको हँसाई अचेल कपटी लाग्छ
निश्छल तिम्रो मुस्कान चाहेको हो
अरुको हेराई अचेल कुटिल लाग्छ
मायालु तिम्रो नजर खोजेको हो
अरुको स्वर अचेल रुखो लाग्छ
मधुर तिम्रो बोली सुन्न चाहेको हो
अरुको सामीप्य मतलबी लाग्छ
निस्वार्थ तिम्रो साथ खोजेको हो
लाग्दैन अचेल विश्वास कसैको
मात्र भरोसा तिम्रो खोजेको हो
रुप रङ्गका मोहनी अरुका पनि थिए
मनको दिव्यता तिम्रो रोजेको हो
अरु थुप्रै भए मित्रता गाँस्ने
पवित्र तिम्रो प्रेम खोजेको हो
जीवनमा दु:ख सुख सँगै बाँड्ने
सँगै जिउने कसम खोजेको हो
जुनी भरिको साथ तिम्रो
बस यत्ति निगाह खोजेको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला