मलाई बन्दी बनाएको
समय विरुध्द
उभिएर
विगत होइन
इजलाशमा
भविष्य उभिएर
वकालत गरिदिएको देख्न
सधैँ मन लाग्छ
किनकि विगतबाट सिकेर
भविष्य परिवर्तित हुन्छ
प्रगतिको शिखरमा
लम्किरहेको हुन्छ
वर्तमानलाई डोर्याएर
हिँडिरहेको हुन्छ
यही उजागृत सपना विपना बनेर
मेरा हरेक परिवर्तित मनसायको सम्वाहक
समयले चुन्दै गइरहेको छ
उन्मुक्त बनाई दिन
बाँडिएर हिस्सा मेरो धरतीको बेरोजगार
अवश्य मेटिनेछ
र त्यो आकाश जस्तै
खुला स्वतन्त्रताको इजलाशभित्र
चैनको राज आसिन रहिदिनेछ
र मेरो वर्तमानले जित्नेछ
भविष्यको शिखरहरु पच्छ्याइरहन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला