हिजो अर्कै स्वरुपमा थिएँ म
अर्कै स्वरुपमा भोलि फर्किनु छ
क्षणभङ्गुर मेरो मानव स्वरुप
प्रकृतिको आतिथ्यता सिर्फ स्विकार्नु छ
मैले फेरेको हरेक स्वास
मैले खाएको हरेक गाँस
मैले पाएको हरेक बास
यही प्रकृतिले दिएको छ
यही प्रकृतिको गुन तिर्नु छ
प्रकृतिको यो अपरम्पार कृत्य
शब्द शब्दमा समेट्नु छ
हो, मैले अभ्यास पुस्तक लेख्नु छ
यही प्रकृतिले सिकाएको अमूल्य ज्ञान
यही प्रकृतिलाई समर्पित गरेर
यही दुनियाँलाई प्रस्तुत गरेर
फेरि फर्किनु म छँदैछ
अर्कै स्वरुपमा
अर्कै परिवेशमा
मेरा चेतन आँखाले जहाँ
फेरि यो धर्ती यसैगरी कहिल्यै हेर्न पाउँदैनन् होला ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला