
किन झस्किन्छ मन सधैँ
आफैँ आवाजहरूसँग
किन दुख्छ मन सधैँ
आफ्नै आफ्नाहरूसँग
किन रून्छ मन सधैँ
विरानो ब्यथाहरूसँग
कथाहरू कस्लाई सुनाउनु
कस्ले कस्को कहानी सुन्नु
ब्यथाहरू अडकिरहन्छन्
कस्ले कस्को ब्यथा सुन्नु
जीवनसँग कथा ब्यथाहरू
आफैँसँग गुम्सिरहन्छन्
मन सधैं दौडिरहन्छ
कहानीहरूको खोजीमा
कुनै कतै कुरिरहन्छ
आँशुहरूको खोजीमा
कतै पनि रोकिँदैन मन
खुशीका गीतहरूमा
किन रोकिएन मन
खुशीहरूमा फेरि
किन थामिन्न मन
पोखिएका आँशुहरूमा
घरिघरि झुक्याइरहन्छ
आँशुहरूको खोजीमा
मन किन निष्ठुरी भएछ
यसै कसै दुखाइरहन्छ
आफ्नो आफ्नै आवेगमा
सारा जीवन कुदाइरहन्छ
सुखमय कल्पनाभित्र
अनन्त दुःख बनाइरहन्छ ।
विरूवा, भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
