जुन देशमा मुनाले
जन्मिदै ऋणको
कठपुतली खेल्छन्
जहाँ घुम्ने मेचमा
दलालले
मातृभूमिलाई बेच्दै छन्
जहाँ डाक
गराउने गरिन्छ
मन्दिरका प्रतिमाहरूलाई
विदेशी संग्रहालय माझ
जहाँ मछिन्द्रनाथको
भोटो दृष्टान्त गर्न
गर्नुपर्छ सात सामुद्रिक यात्रा
विदेशी संग्रहालय माझ
जहाँ भरिभराउ छ
भक्तजनको नोटले
विदेशी पण्डितको धन्सार
लुटेर पशुपतिनाथलाई
आएको दान र भन्सार
तर चुपचाप
गर्नुपर्छ सहन
जन्मिएकी थिइन्
जुन देशमा सीता
त्यहाँ विदेशीले
भन्दा आफ्नो सीता
बनाउने रहेछन् चुपचाप
नेपाली ओठलाई
लगाइन्छ राज्यबाट सुपर ग्लु
बनाएर आवाजविहीन सदैव
जुन देशमा बुद्ध जन्मिछन्
त्यहाँ भिक्षुलाई
गरिन्छ देश निकाला
बस्नुपर्ने रहेछ चुपचाप सहेर
लगाएर मौनताको
साँचो आत्मामा सर्वदा
देशलाई एकीकरण गरेर
दिएका थिए नामाङ्कन नेपाल भनेर
दिलाएका थिए मुक्ति
चौबीसै राज्य चुसाईबाट
राज्यबासीलाई सदैव
आज ती राष्ट्रपितालाई
दिएका छन् पिचासको पगरी
के हेरेका थिए त्यसबेला
अहिलेका स्वघोषित
राजा महाराजाले
के दिएका रहेछन् बलिदानी
देशलाई
गाउनु पर्ने रहेछ
स्वघोषित धेरै सम्राटहरूको
गुणगान अहिले
यो कालखण्डमा
जहाँ भोकै औलो र
डिइङीले
लिएको थियो दिन दुःखीको प्राण
जसले दिलाए
नेपाली भन्ने पहिचान
भएका छन् पिचास समान
भएको छ अहिले
देश श्मसान
कस्तो अहम्त्याइँरहेछ
अहिलेका शासकहरूलाई
जहाँ बोक्दा देशको झण्डा
हुनुपर्ने रहेछ जेल चलान
आफ्नो धर्म मान्दा
खानु पर्ने लठ्ठीको प्रहार
हुने रहेछ गाई मांश भोज
कसैको जातीय शान
बस्नुपर्ने रहेछ चुपचाप सहन
भन्छन् कोही नेता
रहेछ संविधानसम्मत अधिकार
रहेछ यही हिन्दु धर्मको उचित सम्मान
रहेछन् कस्ता राष्ट्रवादी नेताहरू
बनाएका छन् विदेशी भेषलाई
भनेर स्वदेशी पहिरन
गरेका छन् दलालले
मानव तस्कर रुपी
व्यापार अहिले
बनाएका छन् देशलाई
एउटा वेश्याको
रातो बत्ती जडित
कोठासरी
जहाँ हुँदोरहेछ
स्वदेशी चेलीहरूको
मोल मलाई
भिराएका छन्
निमुखाको घाँटीमा
ऋणको दाम्लो सरी
बाध्य छन् झु्ण्डिन
भएर आखेट वित्तको
ब्याजरुपी वत्सनाभबाट
हुनु परेको छ साधनहीनहरू
अकालमा मृत्युवरण अहिले
भएकी छिन् नेपालआमा
मुर्छित
आफ्नै नवजवान छोराको
लाशले
भएर आक्रान्त बघिनी सरी
झारेर तपतप आँसुका
शोकाकुल धाराहरू
नसकी रोक्न विक्षिप्त
मुटुका कोशिकाहरूलाई
छैनन् कोही अञ्जली भर्न
दुःखले ब्याकुल
हातहरू
भएको छ नेपाली पोशाक पनि
गैरकानुनी पहिरन अहिले
नेपाली टोपी परिधान गर्नु
भएको छ गुनाह अहिले
जाने छु पर्देश भनेर
दिलाउन स्वन्तन्त्रता
बेथितिको रोगाणुनाशनबाट
आफ्नो वृद्ध आमाबाबुलाई सदैव
गरेर प्रशिक्षण पर्देशको मातृभाषालाई
गरेको थिएँ गुनासो
राज्यलाई
परीक्षा दिन पाउने
नैसर्गिक अधिकारका खातिर
त्यही भएको छ
सबैभन्दा ठूलो कसुर मेरो
बोलेको थिएँ इमानको
वचन
भएको छ त्यही बोली
यमराजको लाठी बराबर आज
हिर्काएर मुटु फुट्ने गरी
गोली र बन्दुकको
सङ्गीनले
भएको छ मेरो मृत्युवरण आज
सक्दिनँ सधैं चुपचाप बस्न
बरु मृत्यु सहन्छु
अन्याय सहन्न
कुटपिट सहन्छु
तर बोल्ने छन् युवा शहिदका
आत्माहरू
बेथितीविरुद्ध भाषा सदैव
हे नेपाली दाइ
नेपाली भाइ
दिनुहोला
अपराधीलाई बिदाइ
कानुनको खोरमा
सक्दिनँ म चुपचाप बस्न सदैव
खाएका छन् यी देशद्रोहीले
निर्धाहरूको कमाइ
गरेर सिधासाधा माथि
रजाँइ
आवाजविहीनलाई झुक्काई
आउने छन् वीर नेपाली सपुतहरू
सगरमाथाको मुटु छिचोलेर एकदिन
गर्ने छन् घुसखोरीलाई
नेपाल घर्तीबाट
सदासर्वदा बिदाइ
गधाको डोलीमा अन्माई
गरेर जेलमा बाई‑बाई ।

बर्तुङ्, पाल्पा
(हालः युके)