बादल भएर-
बताससँग विश्व प्रेमयात्रा गर्नु थियो
फर्किंदा झरी हुनु थियो
र फेरि फेरि नदी र समुद्र हुँदै बतासलाई भेटिरहनु थियो
अफसोस-
हृदयमा बास्प झैँ उडिरहेको न्यानो संवेदना
उड्दा -उड्दै बेसमय कसरी हिउँ भएर खस्छ ?
र, आफ्नै अति संवेदनशिलताले पुरिरहेछ
बिस्तारै बिस्तारै जबर्जस्त बरफ झैँ ह्रदय जमिरहेछ
एक जिन्दगी बग्नु थियो
फगत, पग्लिदा-पग्लिदै फेरि जमिरहेछु
न्यानो घाम बोकेर आएको हृदय
खोई ! कसले छेकेर त्यसै त्यसै अस्ताउँदैछ
बरफ बनिसक्दा-
फेरि कुनै न्यानो घाम आइपुगेर
पग्लिनुपर्नेछ कुनै पनि समय
अब हृदयलाई अनुभूति गर्नु छैन
जम्नु -पग्लिनु – उड्नु -बग्नु – भेट्नु र छुट्नुको नियति भोग्नु छैन
नियात्राविहीन हुनु छ
पत्थर झैँ संवेदनाशून्य हुनु छ ।
हालः दक्षिण कोरिया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला