माथि सगरमा टिलपिल टिलपिल गर्छ तारा
तल नगरमा झिलमिल झिलमिल गर्छ सारा
निस्पष्ट अँध्यारो डुबेको छ गर्दै यहाँ आराम
हेरिरहेको छु निशामा आज मेरो प्यारो धरान

निष्पस्ट्ट निशा छ अन्धकार डुबेको
बलेको देह छ हेर सर्वांग खुलेको
फक्रेकी कली निम्त्याउने सबै लोचन
मन चन्चल बनाउँछ केही त सोच न

लालीमा बोकेको पुरा यौवनको
भवँरा जति छन् यो कंक्रिट वनको
पछि लाग्दछन् बलेकी सुन्दरीको
सब एकछन् रूप अप्सरा सरिको

युवा पनि झन् केमा कम छन्
सिनेमा खेल्ने नायक सम छन्
वलिष्ठ शरीरको चटक्क छ ज्यान
सान मान सबै हुने हाम्रो धरान

सरदु सेउती सारंगा छ माथि
भय छैन यहाँ ठूलो छ छाति
देखिए यहाँ कुनै खराब समाज
सबै मिली सुधार्न नमान्ने नि लाज !

सफा छन् सडक उस्तै छन् शाखा
भव्य छन् शहरका सबै भित्र पाखा
रंगीविरंगी घरले सजिएको छ जान
म जन्मी हुर्केको मेरो प्यारो धरान !

धरान