न त तिमी भयो भन्छ्यौ, न त खुशी हुन्छ्यौ
तर जता-जता मेरो पाईला तिमी त्यतै टेक्छ्यौ-
त्यसैले त घरीघरी मुटु मेरो दुख्छ
तन छुने होइन माया, मन छुने दिए पुग्छ

सन्ततिको खुशी रोजी तिमी सामु पग्लिए
तिम्रै आड भरोसामा सबै सामु म अग्लिए
तिमी हाँस्दा सबै दुःख मेरा सामु लुक्छ
तन छुने होइन माया, मन छुन दिए पुग्छ

हिजो जस्तो लाग्छ मलाई एक-एक दुई बनेको
मारे पाप पाले पुण्य सबै सामु भनेको
छोड अब खुद्रा खाद्री, मुल समाल नत्र सुक्छ
तन छुने होइन माया, मन छुने दिए पुग्छ

वर्षायामको खहरे तरियो समाई अर्कालाई
परदेश पनि स्वदेश बन्यो खुशी घरकालाई
तिमी छौ र त म छु, रोए शिर झुक्छ
तन छुने होइन माया, मन छुने दिए पुग्छ ।