आज होइन भोलि भन्दै जीवन यस्तै बितिराछ
दुःखले सुखसँग पीडा त्यस्तै साटिराछ
खै, के होला आउने यी चार क्षणमा
हृदयको के नै कुरा गर्ने,
यो त आफ्नो कुरा आफैँ काटिराछ

बयान गर्ने हो पनि आरम्भ कसरी होस्
यो मन नि कलि अल्मलिन्छ
यदि भने पनि आदि भाग मैले
मेरो बुद्धि मेरै मनले निश्चित रूपले छलिन्छ

मानौँ न, सन्तुष्टिको एक किरण ल्यायो उसले
के त्यो भोलि रहने छ ?
म सदैव हार्नेछु ऊसँग
के फेरि पनि मेरो पीडा ऊ सहने छ ?
जवाफ फर्काऊ है, तिम्रो उत्तरको मलाई पर्खाइरहने छ

जित्न चाहन्छु तिमीसँगै म एकदिन
अवश्य पनि समय रुकेको छैन
के तिमी मेरो बुद्धिलाई स्विकार्छौं ?
तिमी दुवैलाई सँगै लिई सफल हुने
आशाको फूल मकहाँ अहिले पनि सुकेको छैन

निर्माताले फेरि पनि जीवनको खेल
दोह्राओस्
हृदय पनि घमण्डले मात्तिई हार्न सक्छ
भन्ने कुरा सम्झाओस्
प्रार्थना यही छ कि उसको कार्यको फल
मेरो बुद्धिलाई नपाओस्।

कक्षा ११
ज्ञानदा एकेडेमी
वीरगञ्ज