मेरो घरको नजिकै भनेको जस्तो विद्यालय छैन
विद्यालयमा शिक्षक पो छ, शिक्षकको ध्यान छैन
घरमा आमा पढ्न न बाबु भन्छिन्
घरमा न किताब छ, न मोबाइल छ
सरकार अब म कसरी पढ्नु ? म पढ्दिनँ
घरमा बत्ती छैन टुकीको भरमा बस्नु परेको छ
अब त मैले प्रगति गर्छु भन्ने आश सबै मरेको छ
तिमी ठूला ठूला कम्प्युटरका कुरा गर्छौं मेरो घरमा
रेडियो समेत टिप्दैन अनि मैले कसरी पढ्नु ?
सरकार म पढ्दिनँ
छिमेकीले चन्द्रमा घर बनाउन आँटे भन्छन्
तर मेरो देशमा पालैपालो मन्त्री मात्रै बन्छन्
तिमी चिल्ला चिल्ला गाडी र महलका कुरा गर्छौं
मेरो घरले पानी समेत छेक्दैन अनि म कसरी पढ्नु ?
सरकार भो म पढ्दिनँ
शिक्षामा समेत राजनीति देशमा के कुरा गर्नु र खै
देश लुटिरहेका छन् अनेक भेषमा सबै जान्ने हुँ भन्छन् मै
पढाइ सकिनै लाग्दा पनि पाठ्यपुस्तक पुग्दैन
अनि त्यस्तो ठाउँमा के पढ्नु ?
सरकार म पढ्दिनँ ।
सिद्धिचरण नगरपालिका १०
ओखलढुङ्गा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 








