क ख ग घ, च छ ज झ पढ्नु पर्छ नानी
बिहान छिट्टो उठ्ने तिम्ले बसाउनु है बानी
ठिट्टो सुती छिट्टै उठ्दा स्वास्थ्य राम्रो हुन्छ
स्वस्थ मान्छे स्वस्थ विचार यसमा धैरै गुन छ
मुस्कुराउँदै आँखा खोली हत्केलालाई हेर्नु
राम्रो कुरा मनमा राखी लामो सास फेर्नु
उठेपछि ओछ्यानलाई मिलाएर राख्नु
दिशा पिसाब गरेपछि बल्ल दाँत माझ्नु
त्यसपछि बाआमालाई अँगालोमा बेर
कापी किताब मिलाएर स्कुल पोशाक फेर
कोरीबाटी चट्ट परी सन्स्क्रिम लाऊ मुखमा
यसै बाहिर जान हुन्न चर्को घामको धुपमा
गुरूबा र गुरूमाले पढाएको सुन्नु
दिनभरि सिकेका कुरा मस्तिष्कमा गुन्नु
साथीहरू सबैलाई तिम्ले माया गर
स्कुल छुट्टी भएपछि चाँडै आउनु घर
घर आई लुगा फेरी हातमुख धोऊ
छिट्टो खाजा खाएर किताब कापी फोऊ
बाआमालाई माया गर ईश्वर खुशी हुन्छन्
तिम्ले जे जे चिताउँछौ सबै कुरा दिन्छन् ॥
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला