कुटो कोदालो बाध्यता
मुख जोर्ने कसरत
कसैलाई मीठा व्यंजन
पचाउने यी हरकत
हिँड्नैपर्छ हो बाध्यता
डरलाग्दा पाखा-भीर
कसैलाई शौखका लागि
ट्रेकिङ अनि हाइकिङ
खानै पर्छ हो बाध्यता
छाकैपिच्छे सिस्नो-ढिंडो
कसैलाई यी हुन् रहर
स्वाद फेर्न जिब्रोको
कोही मर्छन् खान नपाई
औषधी र सिटामोल
कोही ड्रग्समा रहरले
फाल्छन् जीवन अनमोल
लाला बाला प्राण भर्न
कसैलाई यी बाध्यता
रमाइलो मोज मस्ती
कसैलाई यी रहरमा ।
हरिवन, सर्लाही
हाल: ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला