एउटा जाबो मेलम्चीले
हुङ्कार भर्दै लल्कारी रहेछ
र सत्ताको कुरुप तस्बिरलाई
छर्लङ्ग देखाइरहेको छ नेपाली माटोभित्र
तपाईंलाई विश्वास गर्न
अलि गाह्राे भएको हाे कि महाशय
वा मेलम्ची प्रतिकाे तपाईंको दुराशयले
तपाईंको मन र मस्तिष्कमा
बसालेकाे नकारात्मक छापकाे प्रभाव हाे ?
यदि तपाईंका स्वतन्त्र आँखाले
मेलम्ची हेर्नु भयाे भने
दल र शासकहरू
बारम्बार नाङ्गिएकाे देख्नु हुनेछ
मेलम्ची हेर्नु भयाे भने
शक्ति र सत्ताकाे अन्धभक्तिले
तपाईं मेलम्चीको विराेधी कित्तामा उभिनु हुनेछ
ए निर्दयी मेलम्ची !
सरकार, शासन र सत्तासँग
बारम्बार किन साँधिरहेछस् प्रतिशाेध
अनि दिइरहेकाे छस् चुनाैती ?
सत्ताकाे बासी र कुरुप अनुहार
देखाइरहेकाे छस् सिङ्गाे देशलाई
तर याद गर
कुरुप सत्ताकाे यश गान गाउनेहरूकाे दृष्टिमा
तँ केवल खलनायक बनेकाे छस् ।
पाेर्चुगल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला