वैशाख-जेठको घाम
असारे भाका
साउने झरी
भदौरे भेल
शारदी पवन
असोज- कार्तिकमा
मङ्सिरे लगन
पुस-माघको ठिहिरो
फागुनको उराठ
चैते हुरी
झेल्दै
वसन्तले पलाएको पात
रहेर प्रकृतिको नियममा
प्रकृतिकै अर्को एउटा यामले
खसाल्छ भुईंभरि
गाउँ‑सहर जताततै
सडकमा
गोरेटोमा
मूलबाटोमा
चौबाटोमा

मान्छे पनि एक हिस्सा हो प्रकृतिको
नियम लागू हुन्छ
अवश्य मान्छेमा समेत
जे-जे लागू हुन्छ पातमा ।

भोजपुर