शून्य यात्रामा
बिलाई जाने छाया
एकान्त प्रेम !
छायामा हेर्दा
सांसारिक सम्बन्ध
भ्रामक ठट्टा !
फर्केर हेर्दा
सपनाको झरना
सुखी एकान्त !
दियोको तेल
एकान्त मौन ध्यान
आत्माको स्पर्श !
विषय बोध
आत्माको अनुभूति
बाँच्ने कौशल !
खुसीको चाबी
बिना कुनै टिप्पणी
शान्त एकान्त !
कालेश्वर, महाङ्काल—४, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला