यहाँ मधुर वाक्य फुटाउने हजारौँ भेटिन्छन्
तर त्यो पियूषभित्र वत्सनाभ हुँदोरहेछ
ऋतुसरी अदल बदल हुने हजारौँ हुन्छन्
तर छैनन् आफैंप्रति निस्कपट यिनीहरू

जब आफूलाई विदेशी नागरिकमा परित्यक्त गर्दछन्
कोही गर्दछन् दासत्व र मुक्तिको नाटक
कोही कसहाहरू अहंकारको कुण्डमा
दिने रहेछन् तिलान्जली
आफ्नै अस्तित्वको रुखको लतिकालाई
छैन धेरैसँग आफ्नो गाउँ सहर फर्कने आँट
न त आफ्नालाई आर्थिक स्नेह गर्ने हृदय नै
किनभने कन्जुसीको भाइरसले
गर्छन् धेरै बाहना र काल्पनिक अस्वीकाररुपी अनुमतिपत्र प्रमाणीकरण
कोही आफ्नै घरमा नजर बन्दमा बसेका छन् गुलाम भएर

आफ्नै अभिभावकको किरिया गर्न छैनन् मुक्त
आफ्नो जन्म दिने आमा, दिदीबहिनी दुःखी भएर
किन चाहिएको छ फेसबुकको देखावा सुख
यो पनि निरंकुश सासन नै हो

मनको कैद शारीरिक जेलभन्दा पीडक हुन्छ
अहिले धेरै दिएका छन् आहुति
आफ्नो निजी स्वतन्त्रतालाई
बच्चाहरूको सुखद् बालापनको अभिलाषामा
गरेर जबर्जस्ती मेलमिलाप
बनाएर बन्दी भावनाको जेलमा
तर तपाईंको जीवन अमूल्य छ
बच्चाको पनि आफ्नै जीवन हुन्छ पछि
त्यसैले आफ्नो घरमा मनको जेलमा
कसैको मकैजस्तै पेलाइमा
आफ्नो अमूल्य जीवन नगर्नु होला बर्बाद
किनभने जबर्जस्ती सहनु पर्ने छैन
सन्ततिका लागि
भावनात्मक अत्याचार
किनभने तपाईंलाई ईश्वरले
अर्को राधा खोजिसक्नु भएको हुनसक्छ
अथवा कृष्ण अथवा रोमियो इन्तजारमा
कुरिरहेको हुनसक्छ
यो जीवन एउटा खहरे खोला रहेछ
यहा संगम हुन्छ महासागरमा जो
प्रेमको ताज महल रहेछ
त्यहाँ पुग्नुअघि धेरै जीवन साथी खोलाहरू पर्खाइमा छन्
सन्तानबाट आत्मज्ञानको आशा राख्ने
हुन्छन् विरलै बाबु आमा
चाहँदैनन् आफ्नो सन्तान कहिल्यै भिक्षु
बनाउन अहिले
अनि कसरी बनिन्छ बुद्ध
बिना कुनै बिपासना र त्याग अहिले
निर्वाण नै दुःखको अन्त्य हो
र मानवजीवन नै दुःख हो
अनि जहिलेसम्म बास्ना मोह
अहंकार रहन्छ
बार बार हजार बार
यहीं मानव जीवन मिल्दछ
बारम्बार

छ रसमध्ये एक तीतो रस रहेछ
त्यो हो मृत्युवरण
यसलाई समर्पण गरेर आफैँले
अर्पण गरेर वर्तमानको महाशक्तिलाई
भुलेर विगत र भुतको घडीलाई
दिलाउने छ मृत्युवरणको सकसबाट सदैव
छ राम्रो सत्कर्म भने
हुने छ राम्रो जन्म अर्को चोलामा पनि

तर जसको धनले लुट्ने रहेछ
लाखौं मानवको
घर बास, भोक र निद्राहरण
यी नर पिचास मनुवाहरू सुनको बिस्तरामाझ
लम्पसार गरेर
आफ्ना अवयव
दिलाउने छैन कहिल्यै गरिबको आँसुले
सुकुनको निद्रा कहिल्यै ।

बर्तुङ्, पाल्पा (हालः युके)