तिम्लाई म फूल होइन प्रेमको उपहार दिन्छु
संगीन छ जीवन तथापि बाँच्ने आधार दिन्छु

हृदयमा राख्छु जीवनको आखिरी साँससम्म
तत्पश्चात तिम्लाई इतिहासको पूर्वाधार दिन्छु

शितल बतासको तरंगबाट मेरा भावनाहरू
सम्प्रेषण गरेँ अन्तस्तलका सारा कामनाहरू

कुनै लघुकथाको पात्रझैं म कदाचित बन्दिनँ
संसारले सम्झिने एउटा कलाकार बनिदिन्छु

अतितमा जिन्दगी फूलझैं मुस्काएकै थियो
चिताको भष्मधुल बनेर पनि मुस्काउने नै छु

व्यवधानहरू कैयन आए प्रेमपथमा सम्मुख
तथापि पाइलाहरू निरन्तर बढाइरहने नै छु

सम्झेको थिएँ तिम्लाई नयनको नीलमणिझैं
अहिले पनि मेरो प्रेमासनमा तिमी विराज छौ

अथकित यात्री हुँ धरामा तिम्रै प्रेम नगरको
दुत्कारिएको ढुङ्गाझैं नसम्झ मलाई बगरको

इतिहासका हरेक शब्दहरू गवाही बन्नेछन्
मनको कठघरामा उभिएर बयान गर्नेछन्

त्यागले पनि मर्मज्ञताको रचना रच्ने नै छ
यदि म अमर प्रेमकथामा अभिनय लिन्छु

तिम्लाई म फूल होइन प्रेमको उपहार दिन्छु
संगीन छ जीवन तथापि बाँच्ने आधार दिन्छु

हृदयमा राख्छु जीवनको आखिरी साससम्म
तत्पश्चात तिम्लाई इतिहासको पूर्वाधार दिन्छु।

बाह्रदशी गा॰पा॰ वार्ड नं-४
           झापा- नेपाल