
छोएरै मर्न मन छ
यो देशको माटो
हेरेरै मर्न मन छ
यो देशलाई चम्किलो तारा
मुटु भरीभरी सपना छ मेरो एउटै
हेरेरै मर्न मन छ
यो देशको माटो
संसारमै एउटै
छ मेरो देश बेग्लै
हिमाल हाँसेको यही
मुनाल नाचेको यही
थरीथरी छन् सबै भेषभूषा
भाषा छन् हजारौँ
मनको एउटै भाका
छोएरै मर्न मन छ
यो देशको माटो
हजारौँ सपनामा
छ एउटै सपना भरि
हेरेरै मर्न मन छ
यै देशको माटो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
