तिम्रो वक्षस्थल मास्तिर छात्तिमा
मेरो नामको ट्याटु
अझै जिउँदै होला नि?
म मरे पनि
म पनि हेर्ने गर्छु छात्ति
आफ्नै
चिहानभित्र दबिएर
जहाँ दुखिरहन्छ
खोप्न नसकेको एउटा ट्याटु
मेरै नामको
तिम्रो छात्तिको जिउँदो ट्याटु
पढे नि मेरो बाउ बाजेले
पढे नि मैले पनि
अनि पढ्नेछ्न् पुस्ता दर पुस्ताले
खोपौं अब ट्याटु हाम्रो नामको
यो देशको छातिमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला