सुन्दर त्यो तिम्रो कपाललाई
छुँदै बहने बतास बन्न पाउँ
निश्चल त्यो तिम्रो नयनलाई
पुछ्ने नरम रुमाल हुन पाउँ
गुलाबी त्यो तिम्रो ओठलाई
सजाई दिने लाली बन्न पाउँ
मदहोश त्यो तिम्रो मुहारलाई
जिस्काई दिने ऐना हुन पाउँ
कातिलाना त्यो तिम्रो वदनलाई
स्पर्श गर्ने घाम बन्न पाउँ
मधुर त्यो तिम्रो मुस्कानलाई
साथ दिने कथा हुन पाउँ
सुन्दर त्यो तिम्रो कपाललाई
छुँदै बहने बतास बन्न पाउँ
निश्चल त्यो तिम्रो नयनलाई
पुछ्ने नरम रुमाल हुन पाउँ ।
हरिवन, सर्लाही
हाल: ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला