मलाई डर लागिरहेछ
कतै यी आँखाहरु
कुनै सु्न्दर अनुहारमा गएर रोकिने त हैनन् ?
कतै यो हातले
कसैको नाममा प्रेमपत्र लेख्ने त हैन ?
वा यी कानहरूले
कसैको बोलीमा विश्वास पो गर्ने हुन् कि ?
वा त यो मुखले कसैलाई
“म तिमीलाई माया गर्छु” भन्ने पो हो कि ?
अलिकति साहस माग्नसमेत
डर लाग्छ आफ्नै मुटुसंग !
एउटा छोटो यात्रा माग्नसमेत
डर लाग्छ पैतालाहरुसंग !
केही थोपा यादहरू माग्नुथियो
डर लाग्छ आफ्नै आँखाहरूसँग !
प्रिय
तिमीलाई बिबाहको शुभकामना दिएपछि
मलाई
आफ्नै जिन्दगी बिरानो लागिरहेछ !
मलाई आफ्नै जिन्दगीसंग डर लागिरहेछ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला