हरेक प्रहर
पलपलमा
आँधी तुफान बोकेर
एउटा सुनामी लिएर आउँछ
अखबारहरू !
आँसुको भेलहरूमा हेलिदै
कोलाहलमय भएर
चित्त्कार पीडा र आर्तनदहरूको
पोको बोकेर
अधकल्चो सपनाहरू
भत्किएका आशाहरू
वेदनाहरूको हूरी बनेर
आँखाको डिलमा ठोकिन आउँछ ।
हरेक प्रहर समाचारहरू !
म भाव विह्वल भएर
अबरुद्ध गलाले
किंकर्तव्यविमूढ़
निशब्द हेरिरहेको छु !
हरेक प्रहर ,
विक्षिप्त
अखबारका पन्नाहरू
र छामिरहेको छु आफ्नै छाती भित्री
मुटुका धड्कनहरू !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला