जीवनभन्दा
गहिरो जीवन
कहाँ होला ?
त्यसको खोजमा छु ।
जीवनभन्दा
विराट जीवन
कहाँ होला ?
त्यसको शोधमा छु ।
जीवनभन्दा
सूक्ष्म जीवन
कहाँ होला ?
त्यसको तलासमा छु ।
जीवनभन्दा
ज्योतिर्मय जीवन
कहाँ होला ?
त्यसको लालचमा छु ।
जीवनभन्दा
उँचो जीवन
कहाँ होला ?
त्यसको विवेचनमा छु ।
जीवनभन्दा
अनमोल जीवन
कहाँ होला ?
त्यसको गवेषणमा छु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला