प्रिय वनदेवी
बाल्यकाल कि साक्षी
तिमीसँगको प्रेम
अझै उस्तै अटुट छ
अझै उस्तै अजम्मरी छ
कहिले खेलाडी बनेर
खेल खेल्न आयौ
भलायोसँग मित गाँसेर
थाक्कल सँगै खल्लु खायौं
कहिले ग्वाला बनेर
घाँस अनि दाउरा चोर्यौं
उसो त तिम्रा लागि पनि
फूलसँगै रुख रोप्यौं
प्रिय वनदेवी
खेलेर थाक्दा सुस्ताउन काख दियौ
फागुको रङ सँगै साथ दियौ
भैलेनीको भोज खान स्थान दियौ
उमेरसँगै नशाको मात दियौ
मिति फेरियो, समय बदलियो
समयसँगै बदलियो जिम्मेवारी
बदलिएन त केवल तिम्रो लाली
उस्तै वैशालु अनि उस्तै नखरमाउली
घण्टौं टहल्दा पनि भरिएन तिम्रो प्यास
देश विदेश कतै पनि मेटिएन तिम्रो आभास
समय बदिलिए पनि तिमी नबदलिनु
सधैँ यस्तै सुवासिली भैरहनु
प्रिय वनदेवी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला